समाज


प्युठानमा ट्याक्टर दुर्घटना, एउटै वडाका ६ सहित राेल्पाका ७ जनाको मृत्यु

प्युठानमा ट्याक्टर दुर्घटना, एउटै वडाका ६ सहित राेल्पाका ७ जनाको मृत्यु

नेपालखबर
साउन ४, २०७७ आइतबार २:४९,

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

प्युठान जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले दिएको जानकारीअनुसार स्वर्गद्वारी नगरपालिका–३, रुमालेमा शनिबार राति लु२च ४२३४ नंको ट्र्याक्टर सडकबाट खसेको हो।

स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री-स्वर्गद्वारी सडकखण्डमा काम गर्ने ७ कामदारको मुत्यु भएको उनले जानकारी दिए।

प्रहरी निरीक्षक पौडेलका अनुसार मृतक सातै जना रोल्पाका हुन्। त्यसमा पनि ६ जना एउटै वडाका छन्।

दुर्घटनामा परी रोल्पाको रुन्टिघढी गाउँपालिका वडा नम्बर ५, बाइजाका २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठा मगर, १९ वर्षकै थमन बाठा मगर, उमेर नखुलेका गाेवर्द्धन बुढा मगर र २५ वर्षका कविराम बस्नेतको मृत्यु भएको उनले जानकारी दिए।

अर्का एक मृतक ट्याक्टर चालक पनि रोल्पाकै त्रिवेणी गाउँपालिकाका २५ वर्षीय कमल कुँवर हुन्।

ट्याक्टरमा रहेका ८ जनामध्ये रोल्पाका विशाल थापा मात्र हामफालेर बाँच्न सफल भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

उनीहरू स्वर्गद्वारी नगरपालिका २ धरमपानीमा निर्माण भइरहेको सडकमा काम गर्ने कामदार हुन्। शनिबार राति उनीहरु सवार ट्याक्टर भिंगृतर्फ आउँदै गर्दा सडकबाट खसेको हो। 

‘राति करिब १ बजेतिर ट्याक्टर दुर्घटना भएको हो,’ प्रहरी निरीक्षक पौडेलले भने, ‘घटनास्थलबाट शव निकाल्ने क्रम जारी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad