संयुक्त अरब इमिरेट्स (यूएई) को जेलमा रहेका १११ जना नेपालीले आममाफी पाएका छन्।
बकर ईदको अवसरमा यूएई सरकारले उनीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसका लागि परराष्ट्र मन्त्रालयले यूएई सरकारलाई धन्यवाद दिएको छ।
यस कदमले नेपाल र यूएईबीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ। यसको नेपालले सरकारले उच्च मूल्यांकन गरेको पनि विज्ञप्तिमा उल्लेख छ।
पराष्ट्र मन्त्रालयले अबुधाबीस्थित नेपाली दूतावासमार्फत यूएई सरकारलाई आममाफीका लागि आग्रह गरेको थियो। नेपाल सरकारको अनुरोधका आधारमा यूएई सरकारले आममाफीको निर्णय गरेको जनाइएको छ।
आममाफी पाएका नेपाली नागरिकले अन्य कुनै कानुनी वा यात्रा प्रतिबन्धन नभएमा नेपाल फर्किन पाउनेछन्। त्यसका लागि यूएईको कानुनी बमोजिम आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्नेछ।
Shares

प्रतिक्रिया