छापा खबर


मैले आलोपालो प्रधामन्त्री हुने अडान छाडेँ : प्रचण्ड

मैले आलोपालो प्रधामन्त्री हुने अडान छाडेँ : प्रचण्ड

नेपालखबर
साउन ४, २०७७ आइतबार २:३६,

पार्टी नै फुट्ला झैं गरी बढेको नेकपा अध्यक्षद्वयको विवाद अन्ततः मंसिरमा महाधिवेशन गर्ने विषयमा सहमतिमा पुगेको छ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अबको चार महिनामा महाधिवेशन गर्न शनिबार राखेको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहालले समर्थन गरे। यससँगै पछिल्लो मनमुटाव साम्य हुने वातावरण बनेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।

दाहालसँग झन्डै दुई घण्टा बालुवाटारमा छलफल गरेपछि दिउँसो ३ बजे बोलाइएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सुरुमै आफ्नो मन्तव्य राख्दै एकता महाधिवेशनको प्रस्ताव गरेका हुन्। स्थायी समिति बैठक एजेन्डामा प्रवेश नगरी भड्किएको र त्यसमा सबैका कमीकमजोरी रहेको भन्दै प्रधानमन्त्री ओलीले अब ढिलो नगरी पार्टी महाधिवेशन गर्ने प्रस्ताव सचिवालयमा गरेका हुन्।

ओलीको त्यस्तो प्रस्तावपछि बोलेका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि ओलीको प्रस्तावमा सहमति जनाएका थिए। त्यससँगै उनले आलोपालो प्रधानमन्त्रीको प्रस्तावसमेत छोडेका छन्।

‘मैले प्रधानमन्त्रीसँगको छलफलमा आलोपालो प्रधानमन्त्रीकै विषय उठाएको थिएँ। जुन सम्झौताले समस्या ल्यायो, त्यही सुरुको सहमति कार्यान्वयन गरौं भन्ने मेरो कुरा थियो। अब धेर भयो, हामी अल्झेर, विवाद गरेर बस्नु ठिक हुन्न। म आलोपालो प्रधानमन्त्रीको कुरा छोडिदिन्छु। प्रधानमन्त्रीले छिटो महाधिवेशन गरौं भन्नु भयो। छिटो महाधिवेशन गरेरै जाऔं,’ दाहालले भने।

दुवैका सम्बोधनपछि सचिवालय सदस्यहरूले दुई अध्यक्षबीच सहमति बनेको बुझेका थिए। यससँगै ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदको राजीनामाको विषय टर्ने सम्भावना देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad