समाज


यी महिलाले दिन सक्छिन्, संसारलाई सबैभन्दा पहिले कोरोनाविरुद्ध खोप

यी महिलाले दिन सक्छिन्, संसारलाई सबैभन्दा पहिले कोरोनाविरुद्ध खोप

नेपालखबर
साउन २, २०७७ शुक्रबार १४:५९,

कोरोना भाइरसविरुद्धको खोप निर्माणमा अहिले विश्वका कैयौं देश तथा कम्पनी जुटिरहेका छन्। तर यी सबैका बीच अक्सफोर्ड विश्वविद्यालयले गरेको खोेप परीक्षणको सबैभन्दा बढी चर्चा छ।

उक्त विश्वविद्यालयले मानिसमा गरेको खोप परीक्षणको नतिजा प्रभावकारी देखिएको छ। अब सबै कुरा ठीक भएका खण्डमा कोरोना भाइरसविरुद्ध चाँडै प्रभावकारी खोप तयार हुनेछ।

अक्सफोर्ड विश्वविद्यालयले औषधि कम्पनी एस्ट्रेजेनेकासँग मिलेर खोप बनाइरहेको छ। अक्सफोर्ड विश्वविद्यालयको एक टोली सारा गिलबर्टको नेतृत्वमा खोप निर्माण गरिरहेको छ।

प्राध्यापक साराले नेतृत्व गरिरहेको अक्सफोर्ड विश्वविद्यालयको टोलीलाई कोरोना भाइरसविरुद्ध खोप निर्माणमा सबैभन्दा अग्रणी मानिन्छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad