कारोबार


सूर्य नेपालद्वारा प्रदेश १ लाई एक करोड रुपैयाँ प्रदान

सूर्य नेपालद्वारा प्रदेश १ लाई एक करोड रुपैयाँ प्रदान

नेपालखबर
साउन २, २०७७ शुक्रबार १४:५९,

प्रदेश नं. १ सरकारले स्थापना गरेको कोभिड–१९ जनसुरक्षा कोषमा सूर्य नेपाल प्रालिले आज रु एक करोडको चेक प्रदान गरेको छ।

मुख्यमन्त्री शेरधन राईलाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीले मुख्यमन्त्रीको कार्यालयमा रु एक करोडको चेक हस्तान्तरण गरे। सो अवसरमा मुख्यमन्त्री राईले प्रदेशका जनताको स्वास्थ्य सुरक्षाप्रति सरकार सचेत रहेकाले संक्रमितहरुको समुचित उपचारको व्यवस्था गरिएको बताए।

उनले सहयोगका लागि धन्यवाद दिँदै जनताको स्वास्थ्य पहिलो प्राथमिकता रहेको र कोभिड–१९ टेष्टलाई प्राथमिकता दिँदै सीमा सुरक्षा व्यवस्थित गरिएका कारण प्रदेशमा संक्रमितको संख्यामा कमी आएको जानकारी दिए।

सूर्य नेपाल प्रालिका उपाध्यक्ष केसीले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग प्रदान गरिएको बताउँदै आगामी दिन आवश्यक्तानुसार थप सहयोग गर्ने विचार व्यक्त गरे।

सूर्य नेपालले बाराको सिमरा, तनहुँको सेराटार र मोरङको विराटनगरस्थित उद्योगबाट विश्वस्तरीय गुणस्तरीय उत्पादन नेपाली उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ। रासस

याे पनि: 

प्रदेश २ कोरोना राहत कोषमा सूर्य नेपालको एक करोड सहयोग

सूर्य नेपालद्वारा कोभिड कोषमा रु एक करोड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .