समाज


सुनसरीमा तस्कर समूह र प्रहरीबीच गोली हानाहान

सुनसरीमा तस्कर समूह र प्रहरीबीच गोली हानाहान

नेपालखबर
साउन २, २०७७ शुक्रबार २:१,

सुनसरीको भारतीय सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ।

प्रहरीको गोली लागेर दुई जना तस्कर घाइते भएका छन्। उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घाइते हुनेमा देवानगन्ज-२ का राजेश यादव र ३ का पिन्टु यादव रहेका सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए।

घाइते दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको छ। भारतीय क्षेत्रबाट बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र वनटेष्ट होण्डा साइन १२५ सिसिको मोटरसाइकलमा भारतबाट आएका तस्करलाई गोप्य सूचनाको अधारमा जेकजाँच गर्ने क्रममा गोली हानाहान भएको एससी थापाले जानकारी दिए।

हतियार लिएर आइरहेकाबाट प्रहरीले हतियार खोस्न थालेपछि प्रहरीमाथि गोली प्रहार भएको हो। सोही क्रममा प्रहरी र भारतीय तस्कर समूहबीच झडप भएको प्रहरीले जनाएको छ।

तस्करको साथबाट प्रहरीले एउटा पेस्तोल, छ राउण्ड गोली र दुई वटा म्याग्जिन बरामद गरेको छ। भारततर्फ फरार भएका तीन जनाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

घाइते भएका र फरार भएकाहरु तस्करी, लागुऔषधको कारोवार, हतियारको तस्करी, चोरीलगायत कार्यमा संलग्न हुँदै आएका प्रहरीको दाबी छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad