केही दिनदेखि चीनका मध्य र पूर्वी क्षेत्र ठूलो बाढीमा डुबेका छन्।
चीनको सबैभन्दा ठूलो ताल पोयाङको बाँध पनि भत्किएको छ। चीनको राष्ट्रिय मौसम सेटेलाइट केन्द्रका अनुसार तालको पानी अहिलेसम्मै उच्च तहमा पुगेको छ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार वर्षा/बाढीले त्यहाँ अहिलेसम्म १ सय ४० जनाको मृत्यु भएको पुष्टि भएको छ । केही व्यक्ति हराइरहेका छन्। दसौं लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। कतिपय पक्की घरसमेत भत्किएका छन् ।

यही हप्ता अधिकारीले देशका ३३ नदीमा बहाव बढ्दो रहेको बताएका थिए। साथै याग्त्जी नदी क्षेत्रमा लगातार वर्षा भइरहेको छ।
बुधबार जल संशासन मन्त्रालयका अनुसार याग्त्जी नदीका मध्य र तल्लो क्षेत्रमा, डोङटिङ र पोयाङ तालमा पानी बिस्तारै बिस्तारै कम भइरहेको छ।
बाढी नियन्त्रण गर्ने मन्त्रालयका अनुसार अहिलेसम्म देशभर ९८ नदीमा पानीको सतह खतरनाक तहमै छ। अहिले पनि कैयौं घर डुबानमा परेको देख्न सकिन्छ।


प्रतिक्रिया