गएको २४ घण्टामा भारतमा ३२ हजार ६९५ संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार योसँगै भारतमा कुल संक्रमितको संख्या ९ लाख ६८ हजार ८७६ पुगेको छ।
त्यसैगरी भारतमा गत २४ घण्टामा कोरोनाका कारण ६०६ जनाको मृत्यु भएपछि कोभिड १९ बाट मृत्यु हुनेका संख्या २४ हजार ९१५ पुगेको छ।
भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या ३ लाख ३१ हजार १४६ रहेको छ भने ६ लाख १२ हजार ८१५ जना संक्रमणमुक्त भइसकेका छन्। रासस/एएनआई

प्रतिक्रिया