सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तीन शीर्ष नेताहरुबीचको छलफल सकिएको छ।
बिहीबार मध्यान्ह पार्टीभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच झण्डै तीनघण्टा छलफल भएको हो।
‘तीन नेताहरुबीचको छलफल सकिएको छ’, नेपालखबरसँग कुरा गर्र्दै महासचिव पौडलले भने, ‘मुख्य विषयहरुमा कुरा भएको छ, तर कुनै सहमति भने भएको छैन।’ उनले भोलि (शुक्रबार) स्थायी सहमति बस्ने विषयमा भने सहमति भएको बताए।
याे पनि : ओलीसँग वार्ताअघि खुमलटारमा प्रचण्डले गरे आफूनिकट सचिवालयका नेताहरुसँग छलफल
विवादकै कारण आसर १८ गते यता स्थायी समितिको बैठक निरन्तर सर्दै आएको छ।
अध्यक्ष ओली र प्रचण्डबीच पाटीभित्र देखिएको विवाद समाधानमा भएको निरन्तरको छलफलामा कुनै सहमति नभएपछि आज तीन नेताहरुबीच छलफल भएको हो। तीन नेताहरुका बीचमा पनि कुनै मूर्त सहमति हुन नसकेको महासचिव पौडेलले बताए।
१० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ।
बालुवाटार जानुअघि बिहीबार बिहान अध्यक्ष प्रचण्डले आफ्नै निवासमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबाहादुर थापासँग छलफल गरेका थिए।
Shares

प्रतिक्रिया