समाज


नवीकरण सहज नहुँदासम्म पुरानै प्रेस पासलाई मान्यता दिन महासंघको आग्रह

नवीकरण सहज नहुँदासम्म पुरानै प्रेस पासलाई मान्यता दिन महासंघको आग्रह

नेपालखबर
साउन १, २०७७ बिहिबार ८:४४,

नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई जारी गरिएको प्रेस पास नवीकरणमा समस्या भएको भन्दै नवीकरण सहज नहुँदासम्म पुरानै प्रेस पासलाई मान्यता दिन माग गरेको छ।

पत्रकारलाई जारी गरिएको प्रेस पासको अवधि असार मसान्तबाट सकिएको र नवीकरण गर्न सहज नहुँदा राज्यको प्रमुख कार्यालय रहेको सिंहदरबार प्रवेशमा पत्रकारहरुलाई रोक लगाइनुको साथै आवत–जावतमा समेत समस्या परेको महासंघले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ।

‘कोभिड–१९ संक्रमणको जोखिम मोलेर पेशागत कर्म निर्वाहमा जुटेका पत्रकारहरुको प्रेस पास नवीकरण समयमै नहुँदा अनेक समस्या झेल्नु परेको अवस्थालाई मध्यनजर गर्दै प्रेस पासको नवीकरण सहज नहुँदासम्म पुरानै प्रेस पासबाट सहजरुपमा समाचार संकलन, आवत–जावत तथा सिंहदरबार प्रवेशको व्यवस्था मिलाउन सूचना तथा प्रसारण विभाग र सम्बन्धित निकायसँग नेपाल पत्रकार महासंघ आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएकाे छ।

साथै, प्रेस पास नवीकरणलाई सहज र छिटो तरिकाबाट गर्ने व्यवस्था मिलाउन पनि महासंघले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad