सिन्धुपाल्चोको भोटेकोसी गाउँपालिका वडा नम्बर ४, फुल्पिङकट्टीमा बुधबार राति पहिरोले घर पुर्दा एकै परिवारका ५ जना बेपत्ता भएका छन्।
भर्खरै घटनास्थल पुगेका वडाअध्यक्ष साङदोर्जे शेर्पाले नेपालखबरलाई दिएको जानकारीअनुसार स्थानीय ग्यान्जेन शेर्पाको घर पहिरोले बगाएको हो। तर उनी काठमाडौं बस्ने भएकाले बचेको उनले बताए। उनीबाहेक उनका आमा, श्रीमतीदेखि घरका सबै ५ सदस्य बेपत्ता भएको वडाअध्यक्ष शेर्पाले जानकारी दिए।
‘पहिरोले घर दुइटा पुरिएको हो,’ वडाअध्यक्ष शेर्पाले भने, ‘तर अर्काे घरमा मान्छे बस्थेनन्, जुन घरमा बस्थे त्यहाँका सबै (५ जना) बेपत्ता भएका हुन्।’
वडाअध्यक्ष शेर्पाले अहिले आफू भर्खरै घटनास्थल पुगेकाले सबै विस्तृत विवरण केहीबेरपछि दिने बताए। उनका अनुसार पहिराेले स्कुलमा पनि क्षति पुर्याएकाे छ।
प्रहरी टाेली पनि घटनास्थलतर्फ जाँदै गरिएकाे फुल्पिङकट्टी प्रहरी चाैकीका प्रमुख असई रामप्रकाश रायले जानकारी दिए। यसअघि पनि भाेटेकाेसी र बाह्रबिसेमा बाढीपहिरामा परेर बेपता २० जना अझै भेटिएका छैनन्।
याे पनि: सिन्धुपाल्चोकमा फेरि गयाे पहिरो : दुई घर बगे, पाँच जना बेपत्ता
Shares

प्रतिक्रिया