बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जिनियर मिलन अधिकारी एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।
उनलाई पोखरास्थित अख्यितार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रंगेहात पक्राउ गरेको हो।
ढोरपाटन नगरपालिकाको एक विकासे आयोजनाका उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगको पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालले जानकारी दिए।
अधिकारी लामो समयदेखि पोखरामा बस्दै आएका थिए। घुस रकम लिन सेवाग्राहीलाई अधिकारीले असार मसान्तको बहानामा पोखरा बोलाएको स्रोतले बतायो।
आफूले गरेका काममा तलदेखि माथिसम्म सबैको चित्त बुझाउनुपर्ने भन्दै उनले एक लाख रुपैयाँ घुस मागेका थिए। सुराकीको आधारमा जिरोकिलोमिटर पुगेको अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।

प्रतिक्रिया