छापा खबर


जब प्रहरी पोशाकमा सँगै बसेर महिला र पुरुष प्रहरीले टिकटक बनाए‍‍...

जब प्रहरी पोशाकमा सँगै बसेर महिला र पुरुष प्रहरीले टिकटक बनाए‍‍...

नेपालखबर
साउन १, २०७७ बिहिबार २:१,

सामाजिक सञ्जालमा टिकटक बनाउने लहर चलिरहेको बेला मोरङ प्रहरी भने यो विषयमा निकै कठोर बनेको छ।

प्रहरीहरु आफैँ टिकटकमा रम्न थालेपछि कारबाही सुरु भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा विराटनगरबाट किशोर बुढाथोकीले लेखेका छन्।

पोशाकमै टिकटक बनाएर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको भन्दै इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत दुई प्रहरी कारबाहीमा तानिएका छन्।

प्रहरी हवल्दार रेनुका सोनाम र जवान अशोक राईले बनाएको टिकटक सार्वजनिक भएपछि उनीहरुमाथि छानविन सुरु भएको हो।

प्रहरीको पोशाकमा रहेका दुवै जनाले एउटै टेबुलमा बसेर बनाएको टिकटक सामाजिक सञ्जालमा भाइरल बनेपछि यस विषयलाई चासोपूर्वक लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। टिकटक बनाउने क्रममा उनीहरुले आफ्नो अगाडि टेबुलमा प्रहरीका दुईवटा सञ्चार सेट (वाकिटाकि) पनि राखेका छन्।

यस घटनलाई लिएर प्राप्त भएको फोटोले पनि हवल्दार सोनाम र जवान राई दुई जना मिलेर टिकटक बनाएको पुष्टि गर्छ। डीएसपी राईले प्रहरी प्रधान कार्यालयले जारी गरेको सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका विपरित कार्य गरेकाले दुवै जनामाथि छानबिन थालिएको जानकारी दिए।

 ‘अनुसन्धानकै क्रममा भएकाले उनीहरुले कुन गीत वा डाइलगमा भिडियो बनाए भन्ने कुरा तत्कालका लागि गोप्य राखिएको छ,’ उनले भने, ‘विभागीय नीति र आचरण विपरित गतिविधि गरेको पाइएपछि कारबाही थालिएको हो।’ डीएसपी राईले दुई जना मिलेर बनाएको टिकटक फेसबुकमा उनीहरुले नै पोस्ट गरेको वा अरुले गरिदिएको हो भन्ने बारेमा पनि छानबिन गरेर कारबाही अघि बढाइने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad