समाज


पृथ्वी नजिक आउँदै पुच्छ्रेतारा, आकाश खुले हेर्न सकिने

पृथ्वी नजिक आउँदै पुच्छ्रेतारा, आकाश खुले हेर्न सकिने

नेपालखबर
असार २९, २०७७ सोमबार ९:५२,

वर्षाको कारण बदली भएको आकाश खुले आगामी केही साता काठमाडौंसहित उत्तरी गोलार्धबाट पुच्छ्रेतारा देखिने छ।

गत चैत १६ मा मात्रै निओवाइज नामको यो पुच्छ्रेतारा पत्ता लागेको थियो। त्यो पुच्छ्रेतारा साउन ८ गते पृथ्वीको सबैभन्दा नजिकै आइपुग्ने छ। निओवाइज टेलिस्कोपले पत्ता लगाएको हुनाले पुच्छ्रेताराको नाम त्यसबाट राखिएको हो।

त्यस समयमा पृथ्वी र पुच्छ्रेतारबीचको दुरी १० करोड किलोमिटर मात्रै टाढा हुनेछ। पृथ्वी र सूर्यबीचको दुरी एक सय किलोमिटर मान्ने हो भने यो पुच्छ्रेतारा र पृथ्वीबीचको दुरी ६९ किलोमिटर हुने छ।

सन् १९९७ को हल बोप्पपछि पृथ्वीबाट सबैभन्दा राम्रोसँग देखिने पुच्छ्रेतारा भएको अन्तर्राष्ट्रिय संस्थाहरुले जनाएका छन्। यसले एक पटक सूर्यको परिक्रममा गर्न ६ हजार ९५० वर्ष लगाउँछ । अर्थात करिब सात हजार वर्षपछि मात्रै पृथ्वीको आउने छ।

खगोलशास्त्रीहरुले मंगलबारबाट एक सातासम्म घाम अस्ताएपछि करिब डेढ घण्टा देखिने बताएका छन्। एक सातादेखि यो विहान सूर्योदय भन्दाअघि उत्तर पूर्वी क्षितिजमा देखिदै आएको छ। 

साँझ भने उत्तरपश्चिम क्षितिजमा देखिने यो पुच्छ्रेतारा एक सातासम्म अवलोकनका लागि राम्रो रहेको खगोलशास्त्रीहरुले बताएका छन्। यस अवधीमा यो ध्रुव तारा जतिकै चम्किलो देखिने बताइएको छ। त्यसपछि विस्तारै यसको चमक घट्दै जाने बताइएको छ। खगोलशास्त्रीहरुले वाइकुलरबाट हेरे झनै राम्रो देखिने बताएका छन्।

‘खुला र प्रकाशको प्रदुषण नभएको आकाश हुने हो भने खुला आँखाले यो देख्न सकिन्छ। तर अहिले मनसुनको समय भएको कारण आकाश बदली भएको त्यसै भन्न सकिदैन,’ नेपाल एस्ट्रोनेमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले भने।

तर जल तथा मौसम विज्ञान विभागले आगामी साताको नेपाली आकाश अधिकांश समय बदली हुने जनाएको छ। विभागका वरिष्ठ मौसमविद बरुण पौडेलले पछिल्लो एक साताभन्दा मौसममा केही सुधार भएपनि साँझको मौसम बदलीको संभावना बढी रहेको बताए।

‘पुरै आकाश सफा हुने सम्भावना छैन। साँझमा बदली हुने र पानी पर्ने सम्भावना अझै बढी हुन्छ,’ पौडेलले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad