समाज


टुकुचालाई ढलमुक्त बनाउन मन्त्रालयले अघि सार्‍याे यस्तो योजना

टुकुचालाई ढलमुक्त बनाउन मन्त्रालयले अघि सार्‍याे यस्तो योजना

नेपालखबर
असार २९, २०७७ सोमबार ९:३४,

सरकारले काठमाडौं उपत्यकाको मध्य सहरमा बग्ने टुकुचा खोलाको संरक्षण गर्ने भएको छ। 

बागबजार स्थित टुकुचा खोलाको स्थलगत अवलोकन गर्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रालयको ट्रिटमेन्ट प्लान अनुसार टुकुचा खोलाको व्यवस्थापन गरिने बताए। उनले आगामी आर्थिक वर्षमा टुकुचा खोलाको व्यवस्थापनका लागि २० करोड रुपैयाँ बजेट छुट्याइएकाले छिट्टै कामलाई अगाडि बढाइने बताए। मानन्धरले ६ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रुप दिने गरि काम हुने स्पस्ट पारे। उनले टुकुचा खोलाको दायाँ बायाँ किनारालाई व्यवस्थित बनाइने बताए।

अधिकार सम्पन्न एकीकृत बागमती आयोजनाका प्रमुख लिलाप्रसाद ढकालले टुकुचा खोलाको दायाँ र बायाँ ढल निकास गर्ने र खोलामा शुद्ध पानी मात्र बगाउने योजना अनुसार एसियाली विकास बैंकसँग मिलेर काम गरिने बताए। उनले बागमती प्रदेशका सांसद केशब स्थापितले सांसद विकास कोषबाट डेमोस्ट्रेसन गरेका र त्यसलाई हेरेर एडीबीको सहयोगमा डीपीआर तयार गर्ने विषयमा छलफल भइरहेको बताए।

टुकुचा खोलाको व्यवस्थापन हुने भएपछि स्थानीयहरु पनि उत्साहित भएका छन्। खोलामा बढ्दै गएको प्रदुषणलाई कम गर्ने र सफा पानी बगाउने भएकाले आफूहरुले पनि सहयोग गर्ने स्थानीयले बताएका छन्। स्थानीय मधुसुदन तण्डुकारले कसैलाई पनि असर नगर्नेगरी खोलालाई सफा पार्ने काम अगाडि बढाउन आफूहरुको पूर्ण सहयोग रहने बताए।

खोलाको व्यवस्थापनका लागि सरोकारवाला र स्थानीयसँगको छलफलपछि डीपीआरलाई अन्तिम रुप दिइने भएको छ। सुन्दर सहरका लागि टुकुचाको व्यवस्थापन अनिवार्य भएकोले दीर्घकालिन योजना सहित काम गरिरहेको एकीकृत बागमती अयोजनाले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad