समाज


कोरोना ‘केही होइन’ भनेर हेलचक्र्याइँ गर्दा जसको गयो ज्यान

कोरोना ‘केही होइन’ भनेर हेलचक्र्याइँ गर्दा जसको गयो ज्यान

नेपालखबर
असार २९, २०७७ सोमबार ५:१७,

अमेरिकामा कोरोना भनेको ‘केही होइन’ भनेर हेलचक्र्याइँ गर्दा एक युवकको मृत्यु भएको छ।

टेक्सस राज्यका एक चिकित्सकका अनुसार कोरोना भाइरसलाई ख्याख्यला ठानेर एक संक्रमित व्यक्तिले आयोजना गरेको पार्टीमा सहभागी हुँदा अर्का ३० वर्षीय युवकको मृत्यु भएको हो।

एउटा भिडिओमार्फत मेथडिस्ट अस्पतालका प्रमुख स्वास्थ्य अधिकारी जेन एपलबाइले त्यस्तो कथा कथा सुनाएकी हुन्।

ती व्यक्तिले बताएअनुसार त्यस पार्टीमा जमघटमा को पहिले संक्रमित हुने र को त्यसबाट जोगिन सक्ने भन्ने प्रतिस्पर्धा गरिएको थियो।

ती बिरामीले मृत्यु हुनु केही बेरअघि सघन उपचार कक्षकी नर्सलाई आफूले त्यस्तो पार्टीमा सहभागी भएर गल्ती गरेको बताएका थिए।

कोरोना भाइरस महामारीले विश्वभर आतंक मच्चाइरहे पनि कतिपय देशमा यसलाई ख्यालख्याल ठान्ने गरिएको छ।

खासगरी कोरोनाबाट विश्वमा सबैभन्दा पीडित अमेरिकामा कोरोनालाई हल्का रूपमा लिने गरिएको छ। त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत हालै मात्र पहिलोपटक मास्क लगाए। यसअघि उनले मास्क बहिष्कार गरिरहेका थिए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad