वर्षायामसँगै सर्पदंशका बिरामी बढेका छन्। गर्मी बढेपछि सर्पहरू जमिनबाट बाहिर निस्कने गर्छन्।
विषालु सर्पको डसाइबाट तराई क्षेत्रका बासिन्दा बढी प्रभावित हुन्छन्। नेपालमा सर्पदंश पनि जनस्वास्थ्यको मुख्य समस्या हो। आजको नयाँ पत्रिका दैनिकमा डा.संकेत कुमार रिसालले सर्पदंशबाट जोगिने उपाय सुझाएका छन्।
कसरी जोगिने?
-घर र खेलमैदानवरिपरि सफा राख्नुपर्छ । झाडी, ढुंगा, हिलो र पातको थुप्रो हटाउनुपर्छ।
-ढुंगा या अन्य वस्तु थुपारिएको ठाउँमा काम गर्दा सजगता आवश्यक छ।
-खुला ठाउँ र भुइँमा नसुतौँ । झुल टाँगेर मात्र सुत्ने गरौँ।
-खेतबारी वा बाहिर काम गर्दा शरीर पूरै छोपिने लुगा लगाउने गरौँ।
-राति अँध्यारोमा हिँड्दा सजग बनौँ । बत्ती बालेर वा लठ्ठी टेकेर मात्र हिँड्ने गरौँ।
-बालबालिकालाई सर्प बस्न सक्ने ठाउँबारे सचेत गराउनुपर्छ । विषालु सर्पको डसाइबारे उनीहरूलाई जानकारी दिनुपर्छ।
-सर्पले डसिहालेमा सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्थामा पुर्याउनुपर्छ।
-विषविहीन सर्पले डस्दा पनि आत्तिएर हृदयाघात हुने, छिटो–छिटो सास फेर्ने, डसेको ठाउँमा घोचेकोजस्तो महसुस हुने, हातखुट्टा बाउँडिने वा नचल्ने, बेहोस हुने लक्षण देखिन्छन्।
- कतिपयमा डसेको ठाउँवरिपरि सुन्निन्छ । रक्तश्राव हुन सक्छ । फोका उठ्ने र संक्रमण पनि हुन सक्छ ।
-विषालु सर्पले डस्दा बान्ता हुने, आँखाको परेला उठाउन गाह्रो हुने, स्वादमा भिन्नता आउने, नाडी छिटोछिटो चल्ने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छन् ।

प्रतिक्रिया