कोरोना भाइरस नियन्त्रणका लागि दक्षिण अफ्रिकाले नयाँ प्रतिबन्ध घोषणा गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दक्षिण अफ्रिकी सरकाले रक्सी बिक्रीमा प्रतिबन्ध लगाएको हो। साथै त्यहाँ आज (सोमबार) देखि रातको समयमा कर्फ्यु लगाउने, घरबाट निस्किन नदिने र मास्क अनिवार्य गरिएको छ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसाले दोस्रोपटक रक्सीमा लगाइएको प्रतिबन्धले देशमा स्वास्थ्य क्षेत्रमा पर्ने दबाब कम हुने बताएका छन्।
दक्षिण अफ्रिकामा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार नाघिसकेको छ। तीमध्ये ४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
त्यहाँको सरकारको आकलनअनुसार यो वर्षको अन्त्यसम्ममा कोरोनाबाट मर्नेको संख्या ५० हजारभन्दा बढी हुन सक्छ। बीबीसी

प्रतिक्रिया