जम्मु–कस्मिरको सीमामा पोस्टिङ भएका भारतीय सुरक्षा बलका एक जवानलाई पन्जाबको गुर्दासपुर जिल्लामा लागुपदार्थ तस्करीको आरोपमा गिरफ्तार गरिएको इन्डिया टुडेले जनाएको छ।
उनको नाम भने खुलाइएको छैन। जम्मुको साम्बा सेक्टरमा उनको पोस्टिङ थियो।
पन्जाबमा उनको साथबाट लागुपदार्थ सहित एक पेस्तोल, ८० वटा ९ एमएमको गोली, ३ फोन तथा एउटा राइफल भेटिएको छ।
उनीमाथि थप अनुसन्धान जारी छ। एजेन्सी

प्रतिक्रिया