नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जना कोरोना संक्रमित थपिएका छन्।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ८२ जनामा संक्रण पुष्टि भएको बताए
योसँगै नेपालमा कोरोना संक्रमितका संख्या १६ हजार ८०१ पुगेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जना व्यक्ति कोरोना संक्रमण मुक्त भएका छन्।
प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ८ हजार ५८९ पुगेको छ।
प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ९१६ जानको पीसीआर परीक्षण गरिएको जानकारी दिए

प्रतिक्रिया