समाज


बाढी-पहिरो : सराङकोटमा जन्मदिन मनाइरहेका ५ सहित कास्कीमा ७ जनाको ज्यान गयो

बाढी-पहिरो : सराङकोटमा जन्मदिन मनाइरहेका ५ सहित कास्कीमा ७ जनाको ज्यान गयो

नेपालखबर
असार २६, २०७७ शुक्रबार ६:११,

कास्कीको सारङकोटमा पहिरोले पुर्दा ५ जनाको घटनास्थलमै ज्यान गएको छ। अन्य ७ जना घाइते भएका छन्।

गण्डकी प्रदेश प्रहरी प्रवक्ता किरण राणाका अनुसार कास्कीको सराङकोट स्थित गोठादीमा टंक बहादुर थापाको घरमा जन्म दिन मनाउन भेला भएका उनीहरु पहिरोमा पुरिएका हुन्।
पहिरोले टंकबहादुरका परिवार र आफन्त गरी ५ जनाको मृत्यु भएको छ। राती जन्मदिनको पार्टी गरिरहेका बेला पहिरोले घर पुरेको हो।

पहिरोले घुरमुली ५० वर्षीय टंक बहादुर थापा, उनकी श्रीमती ४५ वर्षीया सोममाया थापा, तनहूँ दमौली घर भएकी ८ वर्षीया शीतल श्रेष्ठ, ११ वर्षीया ईशिका थापा र टंक थापाको दाइको नाती ६ वर्षीय सुवान थापाको मृत्यु भएको छ। प्रहरीले घटनास्थलबाट उनीहरुको शव निकालेको हो।

टंक थापाकी छोरी २२ वर्षीया पिंकी थापाको दुबै खुट्टा भाचिँएको अवस्थामा उद्धार गरिएको छ। उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

टंक थापाकी अर्की छोरी १८ वर्षीया आशा थापा मगरको मणिपाल अस्पतालमा उपचार भइरहेको छ।

पिंकी थापाकी ५ वर्षीया छोरी पीरिशा थापा मगरको टाउकोमा चोट लागेको छ। उनको मणिपाल अस्पतालमा उपचार भईरहेको छ।

तनहुँको दमौलीकी २८ वर्षीया सरस्वती श्रेष्ठ र उनका १० वर्षका छोरा सन्देश श्रेष्ठको मणिपाल अस्पतालमा उपचार भइरहेको छ। उनकी ८ वर्षीया छोरी शितलको भने ज्यान गएको छ।

टंकबहादुरका छिमेकी १९ वर्षीय अनिश तामाङ, १९ वर्षीया रशि थापा र १९ वर्षीया रश्मी थापा मगर पनि घाइते भएका छन्। उनीहरुको मणिपाल अस्पतालमा उपचार भइरहेको एसएसपी राणाले जानकारी दिइन्।

मृतक सबैको शव पश्चिम क्षेत्रिय अस्पतालमा राखिएको छ।

Sarangkot pahiro ghaite

कास्कीमै थप दुई जनाको मृत्यु
यसैबीच, अविरल वर्षाका कारण कास्कीको हेम्जामा पहिरोले घर पुर्दा एक जनाको ज्यान गएको छ। पहिरोले घर पुर्दा ७० वर्षीया हिमकली अधिकारीको मृत्यु भएको छ।

उनलाई कास्की प्रहरीले मृत अवस्थामा निकालेको थियो। घरबाट ५ जनालाई सकुशल उद्धार गरिएको छ। सोही घरमा ५ जना र अर्को घरमा २ जना बस्ने गरेका थिए।

हिमकली अधिकारीका छोरा ३२ वर्षीय छोरा रामचन्द्र अधिकारी र उनकी श्रीमति २६ वर्षीया दिपा अधिकारी अर्को घरमा रहेकाले सकुशल छन्।

३० वर्षीय बासुदेब अधिकारी, उनकी श्रीमती बर्ष २० की सिता अधिकारी, रामचन्द्रका छोराहरु वर्ष १२ को अनिल अधिकारी र ८ वर्षीय अभिषेख अधिकारीको सकुशल उद्धार गरिएको छ।

उता, पोखरा महानगरपालिका २६ पैतेडाडामा दुर्गा बहादुर सुनारको घर पुर्दा एक जनाको ज्यान गएको छ। पुरिएर बेपत्ता भएका दुर्गाबहादुर मृत अबस्थामा फेला परेका हुन्। उनकी

श्रीमती, १ छोरा १ छोरीलाई सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ।

कास्कीकै माछापुछ्रे गाउँपालिका ९ चुङडुङ स्थित मनबहादुर क्षेत्रीको घर भत्किएको छ।

घरमा ४ जनाको परिवार रहेपनि मानवीय क्षति भएको छैन। उनीहरुलाई छिमेकीको घरमा सारिएको प्रहरीले जनाएको छ।

यसैबीच, अबिरल परेको बर्षातको कारण पोखरा महानगरपालिका १७ छोरेपाटन स्थित सिमलटुडामा पहिरोले चन्द्रबहादुर मगरको घर पुरेको छ।

घर पुर्दा तीन जना घाइते भएका छन्। उनीहरुलाई उद्धार गरी उपचारका लागि नमस्ते अस्पताल पठाइएको छ।

चन्द्रबहादुर मगर, उनकी श्रीमती शान्ती मगर र छोरा सुशान मगर घाइते भएका छन्।

कास्की माछापुच्छ्रे गाउँपालिका २ भुज्रुङखोलामा आएको बाढीका कारण चार घर जोखिममा परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad