समाज


सिन्धुपाल्चोकमा पहिरो : २० जना बेपत्ता खोज्न थप प्रहरी सिन्धुपाल्चोक प्रस्थान 

सिन्धुपाल्चोकमा पहिरो : २० जना बेपत्ता खोज्न थप प्रहरी सिन्धुपाल्चोक प्रस्थान 

नेपालखबर
असार २६, २०७७ शुक्रबार ४:४०,

बाढी पहिरोमा बेपत्ता भएकाहरुको खोजि तथा उद्धारका लागि शुक्रबार बिहान थप प्रहरी सिन्धुपाल्चोक प्रस्थान गरेका छन्।

प्रहरी प्रधान कार्यालयबाट खोजी तथा उद्धारका लागि २५ जनाको टोली सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेको बागमती प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्त लामाले जानकारी दिए।

सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोसीमा बुधबार राति गएको पहिरोमा बेपत्ता २० जना अझै भेटिएका छैनन् लगातारको वर्षाका कारण खोजी तथा उद्धार कार्य प्रभावित भएको लामाले बताएका छन्।

बिहीबार बिहानै नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थलमा परिचालन गरिएको छ। शुक्रबार विशेष टोली त्यसतर्फ प्रस्थान गरेको हो।

बुधबार राति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ जबमुस्थित याल्मु खोलामा आएको बाढीले १४ वटा घर बगाउँदा १६ जना बेपत्ता भएका छन्। २ जनाको मृत्यु भएको छ भने, चार जना घाइते भएका छन्।

घाइते ४ जनालाई बिहीबारै उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।

यस्तै बाह्रबिसे नगरपालिका ३ खागदलस्थित अरनिको राजमार्गमा रहेको ठाडो खागदल खोलामा आएको बाढीले ११ वटा घर बगाएको छ। सोही बाढीले पक्की पुल, एउटा ग्यारेज, स्कर्पियो गाडी, पानी बोक्ने एउटा ट्याङ्कर, सडक विभागको अलकत्र बोक्ने ट्रक र एउटा बस समेत बगाएको छ।

भोटेकोशी गाउँपालिका ५ बुलकुटे खोलाको बाढीले बगाउँदा ४ जना बेपत्ता भएका छन्। त्यहाँ २ वटा घर बगाउँदा अरु २ जना घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad