समाज


देशलाई राजधानी काठमाडौंसँग जोड्ने प्रमुख तीनवटै सडक पहिरोले अवरुद्ध

देशलाई राजधानी काठमाडौंसँग जोड्ने प्रमुख तीनवटै सडक पहिरोले अवरुद्ध

नेपालखबर
असार २६, २०७७ शुक्रबार ४:५५,

निरन्तरको वर्षाले राजधानी आवात जावत गर्ने प्रमुख तीनवटै राजमार्ग अवरुद्ध भएका छन्।

बागमती प्रदेशका प्रहरी प्रमुख डिआइजी वसन्त लामाका अनुसार पृथ्वी राजमार्ग, बिपी राजमार्ग र बल्खु–कुलेखानी–हेटौंडा सडक पहिरोका कारण अवरुद्ध भएका हुन्।

मुग्लीन–नारायणगढ सडक खण्डका ठाउँ ठाउँमा पहिरो खसेको छ। ‘पहिरो हटाउने प्रयास भइरहे पनि सडक खुलि सकेको छैन,’ डिआइजी लामाले नेपालखबरसँग भने।

यस्तै बीपी राजमार्ग पनि शुक्रबार बिहानैदेखि अवरुद्ध छ। सिन्धुलीको सुनकोसी गाउँपालिका २ कमेरेफाँटमा पहिरोजाँदा सडक अवरुद्ध भएको हो। पहिरो हटाउने काम जारी रहे पनि ठाउँठाउँमा पहिरो गएकाले सडक सञ्चालनमा नरहेको सिन्धुलीकी एसपी मन्जु सिंग्देलले बताइन्।

त्यसैगरी बल्खु–कुलेखानी–हेटौंडा सडकखण्डको सिस्नेरीमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। बिहीबारदेखि नै अवरुद्ध यो सडकमा शुक्रबार थप पहिरो गएको हो।

बुधबारदेखिको निरन्तरको वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ। विभिन्न ठाउँमा मानवीय क्षती समेत भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad