समाज


सिन्धुपाल्चोक बाढीपहिरो अपडेटः बाह्रबिसेका २० जनाको अवस्था अझै अज्ञात

सिन्धुपाल्चोक बाढीपहिरो अपडेटः बाह्रबिसेका २० जनाको अवस्था अझै अज्ञात

नेपालखबर
असार २६, २०७७ शुक्रबार १:५६,

बुधबार रातिको बाढी तथा पहिरोमा परी बेपत्ता सिन्धुपाल्चोक बाह्रबिसेका २० जना अझै फेला पर्न सकेका छैनन्।

सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले शुक्रबार बिहान दिएको जानकारीअनुसार स्थानीयबाट प्राप्त सूचीअनुसार २० जना अझै बेपत्ता छन्।

‘चाइनिज नागरिक पनि छन् भनिएको छ, तर हामीकहाँ नाम आएको छैन,’ नेपालखबरसँग उनले भने, ‘तर समग्रमा २० जना बेपत्ता छन्।’
उनीहरूको खोजी जारी रहेको तर वर्षा बढीरहेकाले त्यो काम पनि कठिन भइरहेको उनले जानकारी दिए।

‘जेसीबी लगाएर खोजी गर्ने तयारी छ, तर पानी परेर कठिन भएको छ,’ डीएसपी काफ्लेले भने, ‘बेपत्ता भएका व्यक्तिको खाजीका लागि हामीले आसपासका काभ्रे, रामेछाप, सिन्धुलीलगायत जिल्लामा पनि खबर गरेका छौं।’

बाढी तथा पहिरोले बाह्रबिसेका विभिन्न वडामा गरी ३६ घर नष्ट भएको उनले जानकारी दिए।

वर्षा झनझन् बढ्दै गएकाले बाह्रबिसेलगायत क्षेत्रमा जोखिम बढ्दै गएको छ।

याे पनि: सिन्धुपाल्चोक पहिरो अपडेट : डेढ वर्षीया छोरी र बाबु मृत भेटिए, यी हुन् घाइते र बेपत्ता हुनेहरु (नामसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad