समाज


डब्ल्यूएचओमा जागिर लगाइदिने भन्दै मोटो रकम उठाएर फरार विजय पक्राउ

डब्ल्यूएचओमा जागिर लगाइदिने भन्दै मोटो रकम उठाएर फरार विजय पक्राउ

नेपालखबर
असार २४, २०७७ बुधबार १३:१३,

नवलपरासीका विजय पाण्डेले विभिन्न व्यक्तिहरुलाई जागिरको आश्वसन दिँदै ठग्दै गरेको पाइएको छ।

कोहीलाई डब्ल्यूूएचओको जागिर लगाइदिन्छु भन्दै र कोहीलाई हुँदै नभएको कार्यालयमा लगाएर ठगेको पाइएको छ। उनलाई अपराध महाशाखाले पक्राउ गरेपछि उनका गलत धन्दा खुलेको हो।

चितवनको भरतपुर महानगरपालिकाकी अस्मिता अधिकारीसँग विजयको एक वर्ष पहिलेदेखि नै चिनजान भयो। चिनजानका क्रममा उनले आफू विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कर्मचारी हुँ भनेका थिए।

उनले त्यतिबेलै अस्मितालाई डब्ल्यूएचओमा कर्मचारी माग भएको अवस्थामा जागिर लगाई दिन्छु भने। त्यही क्रममा उनीहरुले फोन नम्बर साटासाट गरे। पछि उनले अधिकारीलाई फोन गरेर भने ‘डब्ल्यूएचओको कार्यालय ललितपुरमा जागिर खुलेको छ।’

अफर लेटर, रिलाईबल नेपाल लाइफ ईन्सुरेन्स कम्पनीका कागजातहरु समेत पठाइदिए। २०७७ वैशाख २९ गतेदेखि असार ७ गतेसम्ममा पटक–पटक गरी उनले एक लाख ८२ हजार रुपैयाँ पठाइदिइन्। रकम पठाएपछि जागिर मिल्नु त कहाँ हो कहाँ विजय नै गायव भए।

चितवनकै भरतपुर महानगरपालिका बस्ने निशानबाबु घिमिरे पनि उही आश्वसनमा ठगिए। डब्ल्यूएचओको ललितपुर कार्यालयमा जागिर लगाईदिने भन्दै उनीबाट विजयले ३ लाख ५० हजार रुपैयाँ उठाए।

अछामको तुर्माखाँदकी रञ्जु बुढालाई त १ बर्षसम्म नक्कली कार्यालयमा काम लगाए। तर उनले आफू ठगिएको पत्तै पाइनन्। न काम गरेको तलब नै मिल्यो।

नवलपरासीका दीपक खनाल, धनबहादुर क्षेत्री, मनाङका काशी गुरुङ, एकिन ठेगाना नखुलेका सरिता भण्डारी, रमा घिमिरे समेतका ब्यक्तिहरुलाई डब्ल्यूएचओमा जागिर लगाउने प्रलोभनमै उनले ठग्न भ्याए।

धन बहादुर बिष्टले काठमाडौँको शंखमुलमा सञ्चालन गरेको फर्निचर पसलबाट १८ लाख रुपैयाँका फर्निचर लिन्छु भन्दै ५० हजार रुपैयाँ लिएर गए। तर न उनले फर्निचर खरिद गरे न त लगेको पैसा फिर्ता दिए।

विजयलाई प्रहरीले मंगलबार साँझ बानेश्वरबाट पक्राउ गरेको छ। विजयले अरु पनि धेरैलाई ठगेको हुनसक्ने महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए।

उनीबाट कोही ठगीमा परेको भए महानगरीय अपराध महाशाखा नयाँबानेश्वर तथा महानगरीय प्रहरी परिसर टेकु काठमाडौमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .