हङकङमा २४ नयाँ कोरोना संक्रमित थपिए, दोस्रो लहरको खतरा!

हङकङमा २४ नयाँ कोरोना संक्रमित थपिए, दोस्रो लहरको खतरा!

नेपालखबर
असार २४, २०७७ बुधबार १३:४,

हाल देखिएका २४ मध्ये १९ जनामा स्थानीयकै कारण संक्रमण भएको एससीएमपीले जनाएको छ।

लामो समय हङकङमा कोरोना संक्रमणको दर शुन्यमा झरेको थियो। नयाँ संक्रमित देखिएसँगै हङकङमा कोरोना भाइरसको दोस्रो लहर देखा परेको आशंका गरिएको छ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाको दोस्रो लहर झनै खतरनाक हुने चेतावनी दिइरहेको समयमा यहाँ नयाँ संक्रमित देखिएका हुन्।

स्वेन वान, मङकङ र कजवेबे क्षेत्रका मानिसहरुमा कोरोना संक्रमण भएपछि स्वास्थ्य अधिकारीहरुले सतर्कता अपनाउन आग्रह गरेका छन्।

नयाँ संक्रमितहरु ३१ देखि ९२ वर्ष सम्मको भएको बताइएको छ। यससँगै हङकङमा हालसम्म १३ सय २३ मा कोरोना पुष्टि भएको छ।

यीमध्ये ७ जनाको मृत्यु भएको छ भने ११ सय ६७ उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .