समाज


दिनभर बोतल कागज बटुल्ने, राति सुन पसल फोर्ने!

दिनभर बोतल कागज बटुल्ने, राति सुन पसल फोर्ने!

नेपालखबर
असार २३, २०७७ मंगलबार १२:४४,

प्रहरीले रातको समयमा राजधानीका सटर फोडी सुन–चाँदी पसल चोरी गर्ने गिरोह पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले विगत केही समयदेखि रातको समयमा काठमाडौं उपत्यकाभित्रका बिभिन्न सुन चाँदी पसलहरुको सटर फोडी चोरी गर्ने व्यक्तिहरु पक्राउ गरेको हो।

उनीहरुले दिनभर कागज–बोतल उठाउने साइकल लिई बिभिन्न सुन–चाँदी पसलहरुको हप्तादिनसम्म रेकि गरी रातको समयमा सुन–चाँदी पसलको सटर फोडी चोरी गर्ने गरेको पाइएको छ।

उनीहरुले २०७६ फागुन १८ गते लाजिम्पाटस्थित दिलिप कुमार श्रेष्ठले सञ्चालन गरेको पबि ज्वेलर्समा रहेको १ किलो १५० ग्राम बराबरको सुनका गर–गहना, ८ किलो ५६० ग्राम बराबरको चाँदीका गर गहनाहरु र नगद समेत गरी ८५ लाख ८५ पचासी हजार छ सय ४२ रुपैयाँ चोरी गरेका थिए।

अपराध महाशाखाको बिशेष टोलीले असार २१ गते मोरङको उर्लाबारीबाट सुमित भन्ने गंगा बहादुर तामाङ र बुद्ध बहादुर माझीलाई पक्राउ गरेर ल्याएको थियो।

सोही घटनामा फरार रहेका बिक्रम भन्ने जङ्ग बहादुर माझीलाई सोमबार पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए। चोरीमा संलग्न एकजना गत चैत ९ गते केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेका छन्। दुईजना भारतीय नागरिक फरार रहेको महाशाखाले जनाएको छ।

उनीहरुले चोरीसकेपछि पसल भित्र रहेको सीसीटीभी समेत लगेका थिए। उनीहरुबीचमा जेलमै हुँदा चीनजान भएको र छुटेपछि योजना बनाएको पाइएको प्रहरीले जनाएको छ।

जेलबाट छुटको एक महिना नबित्दै चोरीमा संलग्न भएको अनुसन्धानमा खुलेको छ। केहीले लेबरको काम थाले पनि साथीहरुका कारण पुनः चोरीमा संलग्न भएका थिए।

चोरी गरेका सामान भने भारतीय नागरिकले बेचबिखन गरेर फरार भएको पक्राउ परेकाहरुले वयान दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .