राजनीति


प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त

प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त

उजिर कार्की
असार २३, २०७७ मंगलबार १२:५५,

सरकारले एआईजी शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गरेको हो।

बरियतामा पहिलो नम्बरमा रहेका थापालाई बिहीबारबाट लागू हुनेगरी आईजीपी नियुक्त गरेको हो। थापाले २०७९ वैशाख १९ गतेसम्मका लागि प्रहरीको नेतृत्व गर्नेछन्।

सरकारले यसअघि जस्तै बरियतामा पहिलो नम्बरमा रहेका व्यक्तिलाई नै आईजी नियुक्त गरेको हो। यसअघि ठाकुर ज्ञवाली र त्यसअघि सर्वेन्द्र खनाल पनि पहिलो नम्बरमै थिए।

हालका आईजीपी ठाकुर ज्ञवालीले बुधबार अवकास पाउँदैछन्।

प्रहरीमा भर्ती हुँदादेखि नै पहिलो नम्बरमा रहेका थापाले यसअघिका ५ वटा आईजीपीसँग सचिवालयमा रहेर काम गरिसकेका छन्।

डीआईजी हुँदा प्रहरी प्रवक्ता र महानगरीय प्रहरी कार्यालयको प्रमुख रहेका थापा एआईजीमा बढुवा भएपछि मानव स्रोत एवं प्रशासन विभागमा कार्यरत छन्।

२८ वर्ष २ महिना लामो प्रहरी सेवाका क्रममा थापाले उपत्यकाबाहिर सिन्धुपाल्चोक, धादिङ, कास्की र झापामा रहेर काम गरेका छन्। उनले धरैजसो समय महानिरीक्षकको सचिवालय र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बिताएका छन्।

५ महानिरीक्षकसँग काम गरेका थापा नीति निर्माण, अनुसन्धान र चेनअफ कमाण्डमा सफल मानिन्छन्। थापा बोस्निया, पूर्वी टिमोर र सुडान मिसनमा गएका थिए।

डीएसपी र एसपी बढुवामा थापालाई दोस्राे नम्बरमा झारिए पनि त्यस बाहेक थापा पहिलो नम्बरमा छन्।

भावि आईजीपीका लागि थापासँगै अर्का एआईजी हरि पाललाई पनि दाबेदारका रुपमा हेरिएको थियो।

याे पनि: शैलेश थापा प्रहरी महानिरीक्षक नियुक्त हुँदै

‘मेरो मिल्ने साथी आईजी भएकोमा आपत्ति हुने कुरै छैन’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .