समाज


संयुक्त राष्ट्र संघका विज्ञ भन्छन्ः यसकारण मान्छेलाई कोरोना लाग्याे

संयुक्त राष्ट्र संघका विज्ञ भन्छन्ः यसकारण मान्छेलाई कोरोना लाग्याे

नेपालखबर
असार २३, २०७७ मंगलबार १:४१,

केही वर्षयता पशुपन्छीबाट मानिसमा सर्ने (जुनोटिक) रोग बढ्दै गएको र जंगली जनावर मार्ने र लखेट्ने क्रम जारी राखिए कोरोनाजस्ता महामारी अझ बढ्ने संयुक्त राष्ट्र संघका विज्ञले चेतावनी दिएका छन्।

राष्ट्र संघको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसेवा अनुसन्धान संस्थानको प्रतिवेदनअनुसार कोरोनाजस्तो खतरनाक संक्रमण पर्यावरण विनास, प्राकृतिको जथाभावी दोहन, जलवायु परिवर्तन र जंगली जनावर मार्ने तथा तर्साउनेजस्ता कारणले निम्तिएको हो।

तसर्थ वातावरण तथा वन्यजन्तु संरक्षणमा मानवले ध्यान दिएन भने यस्ता खतरनाक अन्य महामारी आइलाग्ने चेतावनी पर्यावरण तथा स्वास्थ्य विज्ञले दिएका छन्।

प्रोटिनका लागि भनेर जनावर मार्ने बढ्दो क्रमले अन्ततः त्यसको बोझ (रोग) मानिसलाई नै परिरहेको संयुक्त राष्ट्र संघको प्रतिवेदनमा भनिएकाे छ।

विशेषज्ञका अनुसार जनावरबाट सर्ने विभिन्न रोगका कारण विश्वमा हरेक वर्ष २० लाख मानिसको मृ्त्यु भइरहेको छ। 

पछिल्लो वर्ष जनावरबाट मानिस सर्ने रोग अर्थात् जुनोटिक रोग बढिरेहेको छ। इबोला, बर्डफ्लु तथा सार्सजस्ता रोग यिनै श्रेणीमा पर्छन्।

पहिले पशुपन्छीलाई मात्रै लाग्ने यस्ता रोगले पछिल्लो समय मानिसलाई सिकार बनाइरहेको छ। संयुक्त राष्ट्र संघको रिपोर्ट भन्छ– यसको कारण मानिस आफैं हो। बीबीसीकाे सहयाेगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad