छापा खबर


काठमाडौंमा यसरी सुटुक्क मनाइयो दलाई लामाको जन्मोत्सव

काठमाडौंमा यसरी सुटुक्क मनाइयो दलाई लामाको जन्मोत्सव

नेपालखबर
असार २३, २०७७ मंगलबार १:३७,

नेपालमा रहेका तिब्बतीले धार्मिक नेता दलाई लामाको ८५ औं जन्मदिन सुटुक्क मनाएका छन्। न उनीहरूले नेपालमा रहेका कूटनीतिक वृत्तलाई निमन्त्रणा गरे न त सरकारलाई नै जानकारी दिए।

कोरोना संक्रमण जोखिमको कारण देखाउँदै उनीहरूले सोमबार बौद्धस्थित सेटलमेन्ट अफिसमा सट्याकसुटुक्क दलाईको जन्मोत्सव मनाएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा शम्भु कट्टेलले लेखेका छन्।

कार्यक्रममा दलाईका प्रतिनिधि एवं नेपालस्थित तिब्बती शरणार्थी शिविरका संयोजक छुल्त्रिन ग्यात्सोसहित १५ जना तिब्बती अगुवा सहभागी थिए। लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले जन्मोत्सव कार्यक्रमको संयोजन गरेको थियो।

संयोजक ग्यात्सोले सामान्य कार्यक्रम गरी धर्मगुरुको जन्मोत्सव मनाइएको बताए। ‘राजनीतिक अभिप्रायले कार्यक्रम आयोजना गरिएको होइन’, उनले भने, ‘धार्मिक आस्थाका कारण लामाको जन्मदिन मनाएका हौं।’

नेपालले एक चीन नीति अख्तियार गर्दै आएको छ। चीनविरोधी हुने भन्दै सरकारले तिब्बती शरणार्थीका गतिविधिमा रोक लगाउँदै आएको छ। विश्वभर छरिएका तिब्बतीले जुलाई ६ मा दलाईको जन्मदिन मनाउने गरेका छन्।

उनीहरूले विगतमा कूटनीतिक क्षेत्रका प्रतिनिधिको उपस्थितिमा सार्वजनिक स्थलमा कार्यक्रम गरेका थिए। त्यसका लागि सरकारले कुनै वर्ष अनुमति दिन्थ्यो त कुनै वर्ष रोक लगाउँथ्यो। यसपटक आफ्नो कार्यालय परिसरमै कार्यक्रम गरिएकाले सरकारसँग अनुमति नलिएको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad