ad ad

समाज


छिमेकीको हत्यापछि फरार आरोपी पक्राउ

छिमेकीको हत्यापछि फरार आरोपी पक्राउ

नेपालखबर
असार २२, २०७७ सोमबार ३:४,

कञ्चनपुरको पुनर्वासमा छिमेकीको हत्या गरेर फरार भएका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।

पुनर्वास नगरपालिका-५ का ४० वर्षीय गौरव खड्का (गोरे) लाई आइवार उनकै घरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले जानकारी दिए।

उनीले शनिवार राति पुनर्वास नगरपालिका-५ का ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेका प्रहरीले जनाएको छ। हत्यापछि उनी फरार थिए।

पक्राउपछि खड्कालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर लगिँदै छ। उनलाई सोमबार सार्वजनिक गरिने प्रहरीले जनाएको छ। हत्याको कारण भने खुलेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .