ad ad

समाज


आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

नेपालखबर
असार २२, २०७७ सोमबार ३:२५,

आज र भोली दुई दिन देशभरका पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ।

आज खान छुटेका बालबालिकालाई भोलि खुवाउन स्वास्थ्य सेवा विभागको पोषण शाखाले सबै अभिभावकहरुलाई अनुरोध गरेको छ। आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सकिने छ।

सरकारले गएको ६ र ७ वैशाखमै बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने तयारी गरेको थियो।तर कोरोना भाइरसको महामारीका कारण यो कार्यक्रम स्थगित भएको थियो।

सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम देशव्यापी रुपमा सञ्चालन गर्दै आएको छ।

बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ। जुकाको औषधि भने एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिएको छ।

छ महिनादेखि पाँच वर्ष मुनीका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले २०५३ सालबाट भिटामिन ए कार्यक्रम सन्चालन गर्दै आएको छ। बालभिटा भने २०६६ देखि खुवाउन थालिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .