प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ८ करोड ५० लाख रुपैयाँ कर्जा दुरुपयोग गरेको आरोपमा चारित्रिक विल्डर्स प्रालिका सञ्चालक सविता कार्कीलाई पक्राउ गरेको छ।
पुनरावेदन अदालत पाटनको मिति २०७१ वैशाख २९ गतेको फैसलाले काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका– ६ बस्ने कार्कीलाई तीन वर्ष कैद र आठ करोड ५० लाख रुपैयाँ जरिवाना हुने ठहर भएको थियो।
उनलाई फैसला भएको १३ वर्षपछि प्रहरीले पक्राउ गरेको हो।
कार्कीले चारित्रिक विल्डर्स प्रालिको नाममा कम्पनी दर्ता गरी बनावटी कागजातहरू तयार गरी हाउजिङ तथा निर्माण कार्य गर्ने भनी कृत्रिम ब्यावसाय, परियोजना खडा गरेर क्यापिटल मर्चेन्ट बैंकिङ तथा फाइनान्स लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी कर्जा निकासा गराउन सफल भएको पाइएको छ।
उक्त कर्जा रकम उक्त परियोजनामा लगानी नगरी कर्जाको दुरुपयोग गरेको भन्ने बैंकिङ कसुर मुद्दामा पुनरावेदन अदालत पाटनबाट भएको सजाय बेरुजु भई फरार रहेकी उनलाई आज (असार ९ गते) काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ बाट प्रहरीले पक्राउ गरेको हो।
कार्कीलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ।
Shares

प्रतिक्रिया