ad ad

ग्लोबल


कोरोना संक्रमणले विदेशमा यो साता मात्रै थप १३ नेपालीको मृत्यु

कोरोना संक्रमणले विदेशमा यो साता मात्रै थप १३ नेपालीको मृत्यु

नेपालखबर
असार २१, २०७७ आइतबार ४:७,

कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता मात्रै थप १३ नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले दिएको जानकारीअनुसार यूएईमा ६, भारतमा ५, ओमानमा १ र कुवेत १ गरी यो साता थप १३ नेपालीको मृत्यु भएको हो।

योसमेत गरेर शनिबार साँझसम्म कोरोनाकै कारण १४ देशमा गरी १ सय ४३ गैरआवासीय नेपालीको मृत्यु भएको समितिले जनाएको छ। समितिका अनुसार बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, स्विडेन, ओमानलगायत देशमा कोरोनाका कारण नेपालीको जयन गएको हो।

याे साता मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमण दर घट्दै गएको तथ्यांकले देखाएको छ।

समितिका एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा कोरोना संक्रमित गैरआवासीय नेपालीको संख्या २८ हजार ९ सय १८ पुगेको छ भने तीमध्ये २५ हजार २ सय २६ जना भने निको भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .