काठमाडौँको काठमाडौँ महानगरपालिका २६ ठमेल फायरचोक एरियामा सर्वसाधारणलाई हैरानी दिने सात विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा पाँचजना युगान्डा र दुई भियतनामका नागरिक छन्।
यही असार ५ गते बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाई गरी हैरानी दिएको प्रहरीको आरोप छ।
प्रहरी टोलीले सम्झाई बुझाई गर्दा डिउटीमा खटिएका प्रहरी कर्मचारीहरू माथि नै अपशब्द प्रयोग गरी गालीगलौज गर्ने, धक्कामुक्का गरेपछि प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सात दिनको म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए।
Shares

प्रतिक्रिया