समाज


चीनको चेतावनीः भारतले रणनीतिक भूल नगरोस्

चीनको चेतावनीः भारतले रणनीतिक भूल नगरोस्

नेपालखबर
असार १९, २०७७ शुक्रबार १३:३८,

चीनसम्बन्धी कुनै रणनीतिक भूल नगर्न भारतलाई चीनले चेतावनी दिएको छ। जुन १५ मा लद्दाखमा रक्तपातपूर्ण झडपपछि दुई देशबीच सम्बन्ध तनावपूर्ण बन्दै गएको छ।

शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीले लद्दाख पुगेर सैनिकहरुसँग भेट गरेका थिए। त्यहाँ चीनतर्फ संकेत गर्दै मोदीले विस्तारवादको युग समाप्त भएको बताएका थिए।

शुक्रबार नै बेइजिङमा नियमित पत्रकार सम्मेलनमा बोल्दै विदेश मन्त्रालयका प्रवक्ता चाओ लिच्यनले गैरजिम्मेवार टिप्पणी नगर्न भारतीय अधिकारीहरुलाई चेतावनी दिए।

‘भारतले द्विपक्षीय सम्बन्धलाई सुरक्षित बनाउन चीनसँग मिलेर काम गर्नुपर्छ,’ चाओले भने, ‘भारतले चीनका बारेमा कुनै रणनीतिक भूल गर्नुहुन्न।’

चिनियाँ विदेश मन्त्रालयको यो टिप्पणीलाई पछिल्लो विवाद सुरु भएयता हालसम्मकै कडा वक्तव्य मानिएको छ।

विवाद बढ्दै जाँदा भारतले ५९ चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ। त्यस्तै सडक परियोजनाहरुमा चिनियाँ कम्पनीले काम गर्न नपाउने नियम पनि लागू गरिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad