समाज


बलात्कार आरोपमा वन अधिकृत पक्राउ

बलात्कार आरोपमा वन अधिकृत पक्राउ

नेपालखबर
असार १९, २०७७ शुक्रबार १३:३०,

वन डिभिजन कार्यालय, अत्तरिया कैलालीमा कार्यरत वन अधिकृत राम नारायण यादव जवर्जस्ती करणी आरोपमा पक्राउ परेका छन्।

६० वर्षीय यादवलाई प्रहरीले काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो। धनगढीकी एक युवतीले आफूमाथि जवर्जस्ती करणी गरेको आरोपमा उनीविरुद्ध उजुरी दिएकी छन्।

धनगढी उपमहानगरपालिका–४ चटकपुरका यादव जेठ ५ गते नै पक्राउ परेपनि रक्तचाप, मधुमेह समेतको बिरामी भएका कारण सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। त्यहाँबाट सुविधासम्पन्न अस्पतालमा लैजान छोरा रबिन्द्र राजको जिम्मा जमानीमा छाडिएकोमा बाबुछोरा नै सम्पर्क विहीन भएका प्रहरीले जनाएको छ।

खोजतलासका क्रममा यादवलाई शुक्रबार काठमाडौंको पेप्सीकोला स्थित टाउन प्लानिङ्गमा लुकिछिपी बसेको अवस्थामा फेला पारेको हो। उनलाई आवश्यक कार्वाहीका लागि आजै कैलाली पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad