सुदूरपश्चिममा शुक्रबार थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३९ जना कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
कैलालीका ४ महिला, ९ पुरुष, डोटीका एक महिला, १२ पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ महिला, ४ पुरुष, बैतडीका एक ८ महिने बालिका सहित एक महिला र दुई पुरुष, अछामका दुई पुरुष तथा बझाङका एक पुरुषमा संक्रमण पुष्टि भएको अस्पताललले जनाएको छ।
3
Shares

प्रतिक्रिया