समाज


विश्व कोरोना अपडेट : संक्रमण झन् झन् तीब्र, एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित

विश्व कोरोना अपडेट : संक्रमण झन् झन् तीब्र, एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित

नेपालखबर
असार १९, २०७७ शुक्रबार १:१२,

विश्वभर कोरोना भाइरसको संक्रमण झन् झन् बढ्दै गएको छ। गएको २४ घण्टामा विश्वभर २ लाख ८ हजार २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो।

गएको २४ घण्टामा अमेरिकामा मात्रै साढे ५६ हजारमा संक्रमण देखिएको छ। त्यसैगरी ब्राजिलमा झण्डै ४८ हजार र भारतमा झण्डै २२ हजारमा संक्रमण पुष्टि भएको वर्ल्डओमिटरमा उल्लेख छ।

संक्रमण तीब्र बन्न थालेपछि अमेरिकाका कतिपय राज्यले लकडाउनलाई पुनः कडाई गर्न थालेका छन्।

गएको २४ घण्टामा विश्वभर पाँच हजार एक सय ४५ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। अहिलेसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख २३ हजार दुई सय ३२ पुगेको छ। यो शुक्रबार बिहान साढे ६ बजेसम्मको तथ्यांक हो।

अहिलेसम्म विश्वभर संक्रमितको संख्या एक करोड नौ लाख ७३ हजार ६ सय नाघेको छ। अहिलेसम्म संक्रमणको कारण सबैभन्दा धेरै अमेरिकामा एक लाख ३१ हजार भन्दा धेरैको मृत्यु भएको छ। ब्राजिलमा झण्डै ६२ हजारले ज्यान गुमाइसकेका छन्।

गएको २४ घण्टामा ब्राजिलमा एक हजार दुई सय ७७, अमेरिकामा ६ सय ८०, मेक्सिकोमा सात सय ४१, भारतमा तीन सय ७७, रुसमा एक सय ४७, पेरुमा एक सय ८५, चिलीमा एक सय ६७, इरानामा एक सय ४८, कोलम्बियामा एक सय ७१, इराकमा एक सय १० जनाले ज्यान गुमाएका छन्।

भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार दुई सय २५ पुगेको छ भने संक्रमितको संख्या ६ लाख २७ हजार एक सय ६८ पुगेको छ।

बिहीबार एकैदिन भारतमा २१ हजार नौ सय ४८ जना नयाँ संक्रमित थपिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad