समाज


गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०६३ पुग्यो

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०६३ पुग्यो

नेपालखबर
असार १९, २०७७ शुक्रबार १:३३,

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकीमा संक्रमितको संख्या एक हजार ६३ पुगेको छ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवन गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

शुक्रबार बिहान स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद बिन्दु शर्माले प्रेस विज्ञप्ति जारी गरी यो जानकारी गराएका हुन्।

आज पुष्टि भएका संक्रमित नवलपरासी पूर्वका १९ जना, तनुहँका नौ, पर्वतका तीन र बागलुङका एक जना छन्।

सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आसोलेसनमा लैजाने तयारी भइरहेको छ। थप जानकारीको लागि हेर्नुस् प्रेस विज्ञप्ति :

106911889 167064321468020 5554450381267273960 o xWTG1x7ymK

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad