समाज


टोखा नगरपालिकाले सलह मार्नेलाई प्रतिकिलो ५० रुपैयाँ दिने

टोखा नगरपालिकाले सलह मार्नेलाई प्रतिकिलो ५० रुपैयाँ दिने

नेपालखबर
असार १८, २०७७ बिहिबार ४:३७,

काठमाडौंको टोखा नगरपालिकाले सलह किरा सङ्कलन गरेर आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो ५० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकामा सलह फैलिएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो।

मेयर प्रकाश अधिकारीले सलह किराले ठूलो क्षेत्रमा कृषिबाली नष्ट गर्न थालेपछि यसको नियन्त्रणका लागि प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउने घोषणा गरिएको जानकारी दिए।

सलह किरा नियन्त्रणका लागि किराको बासस्थान पहिचान गरी बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ६ बजेदेखि ७ बजेसम्म मालथियन, क्लोरोपाइरिफस, बोरिक एसिडलगायतका विषादी प्रयोग गर्न पनि टोखा नगरपालिकाले किसानलाई आग्रह गरेको छ।

यस्तै सलह बसेको रुख तथा बोटविरुवा हल्लाई किरा भगाउने, सलह किरा बढी प्रोटिनयुक्त भएकाले मारेर हाँस तथा कुखुराको दानामा प्रयोग गर्न पनि कृषकलाई आग्रह गरिएको छ।

सलह किरा साँझपख बोटबिरुवामा झुण्ड बनेर बस्ने भएकाले यसलाई भगाउन थाल, मादल, टिन ठटाउन, खेती संरक्षणका लागि झुलले बालीलाई ढाक्न पनि नगरपालिकाले आग्रह गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad