समाज


पत्रकार खड्काको मृत्युबारे छानबिन गर्न महासंघको माग

पत्रकार खड्काको मृत्युबारे छानबिन गर्न महासंघको माग

नेपालखबर
असार १७, २०७७ बुधबार ८:४१,

नेपाल पत्रकार महासंघले बाजुराको रेडियो बुढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेको छ।

२०७६ मंसिरमा भेटिएको कंगाल वेपत्ता अवस्थामा रहेका पत्रकार खड्काको रहेको पुष्टि भएपछि महासंघले शोक विज्ञप्ति प्रकाशित गरी दुःख प्रकट गर्दै सत्यतथ्य छानबिन गर्न माग गरेको छ।

‘पेशागत कर्म निर्वाहमा हिँडेका पत्रकार खड्का एक्कासि वेपत्ता हुनु र १५ महिनापछि कंगालसँगै फेला परेका सामग्रीहरू लामो समयपछि पनि दुरूस्तै देखिनुले घटना रहस्यमय हुनसक्ने भएकोले घटनाको गहिरो अनुसन्धान र सत्यतथ्य छानबिन गर्न तथा शोकमा रहेका पत्रकार खड्काका परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्दछ’ महासंघले बुधबार प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य खड्का बाजुरास्थित बुढीनन्दा तिर्थस्थलबाट फर्किने क्रममा २०७५ भदौ ९ गतेदेखि सम्पर्कविहीन थिए।

पत्रकार खड्काको २०७६ मंसिरमा झोलासँगै पर्स र कंकाल भेटिएपछि नेपाल प्रहरीको केन्द्रीय बिधि बिज्ञान प्रयोगशालामा डीएनए परीक्षण गर्दा २०७७ असार १६ गते सो कंकाल पत्रकार खड्काको नै भएको पुष्टि भएकाे थियाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad