ग्लोबल आईएमई। बैंक लिमिटेड र सेलपेबीच सहकार्य गर्ने सम्झौता भएको छ। बैंकले सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको हो।
सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सेलकम प्रालिका प्रबन्धनिर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्।
सेलपे, सेलकम प्रालिद्वारा सञ्चालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो। यसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ।
भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ। सेलपे मार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुने कम्पनीको दाबी छ। ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट ग्लोबल आई.एम.ई बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्नेछन्।
ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपेमार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन्। यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टि.भीहरुको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन/पाउन, बिमा रकम भुक्तानी, ईएमआई भुक्तानी, बीमा रकम भुक्तानी, कोविड–१९ को बीमा रकम भुक्तानी तथा सेयर कारोबारको भुक्तानी गर्न सकिनेछ।
सन् २०१२ मा स्थापना भएको ग्लोबल आईएमई बैंकले २५७ शाखाहरु, ३८ एक्सटेन्सन काउन्टर, २४९ शाखारहित बैंकिङ सेवा र २४३ एटीएमहरुमार्फत ग्राहकहरुलाई सेवा पु¥याउँदै आएको छ।

प्रतिक्रिया