सेयरबजार आज पनि बीचैमा बन्द भएको छ। कारोबार सूचक नेप्से १२ः२४ मा ६ प्रतिशतले बढेसँगै आजको कारोबार बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
परिसूचक नेप्से ७५.७७ अंकले बढेको हो भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक १५.१० अंकले बढेको बढेको छ। आज कुल १ सय ३५ कम्पनीको ४० करोड ७३ लाखको सेयर बिक्री भएको नेप्सेले जनाएको छ।
छोटो अवधिमा ११ लाख कित्ता सेयर बिक्री भएका छन्। आज ३ हजार ८ सय ९० पटक खरिदबिक्री भएको थियो। आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ७६ लाखको सेयर कारोबार भएको छ। यो सर्वाधिक सेयर कारोबार हो। त्यस्तै बाँकी दुई कम्पनीको ४ करोड माथि, एउटाको २ करोड माथि र ५ कम्पनीको १ करोड माथिको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा सिटिजन बैंक इन्टरनेशनल लिमिटेडका सेयरधनीले सर्वाधिक आम्दानी गरेका छन्। कम्पनीको सेयर १० प्रतिशतले बढ्दा १८ रुपैयाँ आम्दानी भएको छ। बाँकी २६ कम्पनीको सेयर ९ प्रतिशतले बढेको छ।

प्रतिक्रिया