भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ५२२ संक्रमित थपिएका हुन्। सोही अवधिमा त्यहाँ ४१८ को मृत्यु भएको छ।
यससँगै भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ८४० पुगेको छ। संक्रमितमध्ये १६ हजारको मृत्यु भइसक्दा ३ लाख ३४ हजार उपचारपछि स्वस्थ बनेका छन्।
भारतमा पछिल्लो समय दैनिक १० हजारभन्दा बढीको संख्यामा कोरोना संक्रमित थपिरहेका छन्। लकडाउन खुकुलो बनाएयता त्यहाँ संक्रमितहरु तिव्र रुपमा बढिरहेका हुन्। एजेन्सी
India registers 18,522 new COVID-19 cases, 418 fatalities; tally rises to 5,66,840 and death toll reaches 16,893: Union Health Ministry
— Press Trust of India (@PTI_News) June 30, 2020
प्रतिक्रिया