सीसीटीभीका अनुसार इन्बो फाइट क्लबका २० व्यवसायिक एमएमए फाइटरलाई चीनले सेनामा भर्ती गराएर तिब्बत पठाएको छ।
यी २० किक बक्सरले चिनियाँ सेनाहरुलाई मिक्स्ड मार्सल आर्ट्सको प्रशिक्षण दिने पनि अनुमान गरिएको छ।
यसअघि बीबीसीले चीनले २० मार्सल आर्ट्सका प्रशिक्षक तिब्बतमा पठाएको बताएको थियो। यी प्रशिक्षकहरु नै हाल सेनामा भर्ती भएको बताइएको छ।
विवादित गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच हिंस्रक झडप भएको दुई हप्तापछि चीन सरकारले किक बक्सरलाई सेनामा भर्ती गराएको हो।
मिक्स्ड मार्सल आर्ट्समा किक बक्सिङ दुवै सिकाइन्छ। एमएमए सिकेका खेलाडीहरुसँग बिना हतियार लडाई गर्ने कला हुन्छ।
सन् १९९६ मा चीन र भारतबीच भएको सम्झौताअनुसार सिमानामा दुवैतर्फका सेनाले गोलाबारी गर्न पाउँदैनन्।
जसका कारण वर्षौदेखि दुवैदेशका सेनाबीच धक्कामुक्की मात्र हुँदै आएको छ। दुईहप्ता अगाडि गलवान उपत्यकामा समेत गोलाबारी भएको थिएन।
यद्यपी उक्त झडपमा धारिलो हतियार भने प्रहार भएको बताइएको छ। उक्त झडपमा २० भारतीय सेनाको मृत्यु हुनाका साथै उनीहरुका ७६ सेना घाइते भएका थिए।
चिनियाँ पक्षले भने आफ्नो सेनाको अवस्थाको बारेमा कुनै जानकारी दिएको छैन। एससीएमपी

प्रतिक्रिया