यसअघि पनि पटक पटक स्वदेशी उत्पादन प्रयोग गर्न अपिल गर्दै आएका प्रधानमन्त्री मोदीले आइतबार फेरी दोहो¥याएर स्वदेशी उत्पादन प्रयोगका लागि आग्रह गरेका हुन्।
स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नेगरी देशभरी “भोकल फर लोकल” अर्थात् स्थानीयलाई नै महत्व दिऔँ भन्ने अभियान चलाइएको पनि उनले बताए।
स्थानीय तथा स्वदेशी उत्पादनलाई प्रयोग गर्ने प्रवृत्ति बढ्नासाथ राष्ट्र बलियो बन्ने प्रधानमन्त्री मोदीको भनाइ छ।
मासिक नियमित कार्यक्रम ‘मन की बात’को ६६ श्रृङ्खलामा बोल्ने क्रममा उनले भने, “यदि तपाईले स्थानीय उत्पादनलाई जोड दिनुभयो भने देश बलियो हुनेछ।”
आइतबार भारतीय नागरिकहरु स्थानीयको आवाज बन्नु पर्नेमा प्रधानमन्त्री मोदीले जोड दिएका थिए। “स्वदेशी तथा स्थानीय उत्पादन किन्ने र प्रयोग गर्नेहरुले देश बलियो बनाउन योगदान गरिरहेका हुन्छन्,” उनले भने।
भारतलाई हरेक उत्पादनमा आत्मनिर्भर स्वाबलम्वी बनाउने उद्देश्य सरकारले लिएको बताउँदै मोदीले त्यसका लागि आत्मनिर्भर भारत अभियान चलाइएको जानकारी दिए।
प्रधानमन्त्री मोदीले रक्षा र प्रविधिको क्षेत्रमा भारतले चाँडै नै ठूलो फड्को मार्ने विश्वास पनि व्यक्त गरे।
चीनसँगको सीमा विवाद जारीरहँदा मोदीले स्वदेशी उत्पादनलाई बढावा दिनुपर्ने बताएका हुन्। दुईहप्ता अगाडि गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच झडप भएपछि हाल भारतमा चीनका सामाग्री बहिष्कार गर्नुपर्ने आवाज पनि उठिरहेको छ। एजेन्सी

प्रतिक्रिया