समाज


पत्रकारका समस्या हल गर्न सञ्चार मन्त्रालयलाई बुझाइयो ६ बुँदे सुझावपत्र

पत्रकारका समस्या हल गर्न सञ्चार मन्त्रालयलाई बुझाइयो ६ बुँदे सुझावपत्र

नेपालखबर
असार १४, २०७७ आइतबार ९:४८,

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको प्रतिनिधि मण्डलले आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विभिन्न सुझावहरु पेश गरेको छ।

महासंघका अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष दिलिप थापा मगर, महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल र रेम विश्वकर्मासहितको प्रतिनिधि मण्डलले मन्त्रालयका निमित्त सचिव राधिका अर्याललाई भेटी ६ बुँदे सुझावसहित महासंघले तयार पारेको नेपाल सार्वजनिक सेवा प्रसारण विद्येयक मस्यौदा र आम सञ्चार विद्येयक मस्यौदा हस्तान्तरण गरेको छ।

कोरोना सक्रमणको यस अवधिमा केही सञ्चारगृहमा श्रमजीवी पत्रकारहरुलाई दवावपूर्ण वेतलबी विदामा राख्ने, पाउनुपर्ने पारिश्रमिक नियमित भुक्तानी नगर्ने तथा काम गर्ने वातावरण नबनाउने तथा मिडिया हाउस बन्द गरेर श्रमजीवी पत्रकारलाई विचल्ली पार्ने जस्ता समस्या देखिएको जनाउँदै महासंघले यसलाई तत्काल रोकी श्रमजीवी पत्रकार ऐन र नियमावली बमोजिम सेवा सुविधा उपलब्ध गराउन आवश्यक पहलका लागि मन्त्रालयलाई आग्रह गरेको छ।
यस्तो छ, सुझावपत्रः

fn1.JPG

fn2.JPG

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad