ad ad

समाज


रूपन्देहीबाट उडेका सलह पाल्पा पुगे, बालीनाली सखाप हुने चिन्तामा किसान

रूपन्देहीबाट उडेका सलह पाल्पा पुगे, बालीनाली सखाप हुने चिन्तामा किसान

नेपालखबर
असार १४, २०७७ आइतबार ०:१०,

रूपन्देहीको बुटवलबाट उत्तरपश्चिम उडेका सलह पाल्पामा देखिएका छन्। रूपन्देही जिल्लाको बुटवल हुँदै पाल्पाका दोभान, सराई र पोखराथोक क्षेत्रमा देखिएका हुन्। 

कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले पाल्पामा सलह देखिएकाले अन्नबाली जोगाउन भाँडा बजाउन र आगो बालेर धुवाँ बनाउन अनुरोध गरे।

जिल्लाका आर्यभञ्ज्याङ, राम्दी क्षेत्रलगायतका किसान सलहबाट उत्पादित खेती नष्ट हुने भएपछि चिन्तित बनेका छन्।

तानसेन नगरपालिका तथा बगनासकाली र रिब्दीकोट गाउँपालिकाले सामाजिक सञ्जालमार्फत किसानलाई स्थानीय स्रोत÷साधनको प्रयोग गरी सलह भगाउन अनुरोध गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .