समाज


साना झुन्डमा छरिएर सलह नेपाल प्रवेश गरेको कृषि मन्त्रालयको अनुमान

साना झुन्डमा छरिएर सलह नेपाल प्रवेश गरेको कृषि मन्त्रालयको अनुमान

नेपालखबर
असार १३, २०७७ शनिबार १४:७,

कृषि तथा पशुपन्छि विकास मन्त्रालयले हावाको गती र दिशामा अचानक परिवर्तन आएकाले सलह किराका साना झुन्डमा नेपालमा छरिएर आएको प्रारम्भिक अनुमान गरेको छ। 

मन्त्रालयले शनिबार नेपालमा ५ जिल्लामा सलह देखिएको उल्लेख गरेको छ। बारा, पर्सा, सिन्धुली, रुपन्देही र सर्लाहीमा सलह देखिएको मन्त्रालयले जनाएको हो। 

यो पनि: वडाध्यक्ष भन्छन्ः लाखौंको संख्यामा भित्रिएका सलहले नोक्सानी गर्न थालिसके

गत जेठ दोस्रो साता मन्त्रालयले नेपालमा सलह प्रवेशको सम्भावनाबारे अध्ययन गर्न प्राविधिक कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले नेपालमा यसवर्ष सलह आउने सम्भावना सकिएको प्रतिवेदन तयार पारेको थियो। 

उक्त कार्यदलको बचाउ गर्दै मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, 'नेपालमा मनसुन सुरु भइसकेकाले यस किराको प्रवेश हुने सम्भावना न्यून आकँलन हुँदै गर्दा मौसममा खास गरी हावाको दिशा र गतीमा अचानक आएको परिवर्तनले यो किरा ससना झुन्डमा आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।'

मन्त्रालयले यस कीराको संख्या, फैलावट, क्षति आकँलनका लागि प्राबिधिक टोलीहरु परिचालन गरिसकेको जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .